धनकुटा — धनकुटा सहिदभूमि गाउँपालिका-३ सिरवानीमा रुखबाट लडेर एक जनाको मृत्युु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय मन्दिर बहादुर राई रहेकाे प्रहरीले जनाएको छ । आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढेर आइतबार अपराह्न घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते रहेका राईकाे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।
उपचारको लागि धनकुटा जिल्ला अस्पतालमा ल्याउना साथ चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको खनालले जानकारी दिए । पाेष्टमार्टमका लागि उनको शव अस्पतालको शव गृहमा राखिएको प्रहरीले बताएको छ ।
