सशस्त्र प्रहरीद्वारा ८९१ केजी गाँजा बरामद

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

Armed police seized 891 kg of marijuana

उदयपुर — उदयपुरको बेलका नगरपालिका–६ असारे मूर्तिखोलाबाट सशस्त्र प्रहरीले ८९१ केजी गाँजा बरामद गरेको छ । ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा लुकाएर राखेको सूचनाको आधारमा शनिबार बेलुका प्रहरीले गाँजा बरामद गरेको हो । 

मूर्तिखोला किनारमा बेवारिसे अवस्थामा रहेको गाँजा ओसारपसारमा संलग्न व्यक्तिको खोजी भइरहेको सशस्त्र प्रहरीका ईन्स्पेक्टर नरेश चौधरीले बताए । बेलका क्षेत्रबाट पटक-पटक कानुनी रुपमा अवैध मानिएको गाँजा तस्करीका घटना सार्वजनिक हुँदै आएको छ ।

कान्तिपुर

Link copied successfully