विराटनगर — अवैध रुपमा नेपाल प्रवेश गरेको आरोपमा प्रहरीले तीन जना भुटानी-अमेरिकी नागरिकलाई शनिबार पक्राउ गरेको छ ।
दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा अवैधरुपमा बसोबास गरिरहेको सूचनाका आधारमा प्रहरीले
३६ वर्षीय आशीष सुवेदी, ३१ वर्षीय सन्तोश दर्जी र ३६ वर्षीय रोशन तामाङ छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत चैत १२ गते दिउँसो अमेरिकाबाट आएका उनीहरु विभिन्न देश हुँदै नेपाल प्रवेश गरेका थिए । प्रहरीले अवैध शरणार्थीहरूको आवागमन र बसोबासको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
