ताप्लेजुङका २० प्रहरी पुरस्कृत

चैत्र १४, २०८१

आनन्द गौतम

20 policemen of Taplejung awarded

ताप्लेजुङ — कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले ताप्लेजुङका २० जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन् ।

प्रहरी कार्यालयको निरीक्षण भ्रमणका लागि आएका अधिकारीले प्रहरी नायब उपरीक्षक रवि रावलदेखि जवान र कार्यालय सहयोगीसम्मलाई पुरस्कृत गरेका हुन् । 

पाथीभरा केबलकार विवाद, झडप जस्ता गतिविधि भइरहेका बेला प्रदेश प्रहरी प्रमुखले जिल्लामै आएर गरेको सम्मान र पुरस्कारलाई महत्त्वका साथ हेरिएको छ । हिरासत, कार्यालय भवन, शाखाहरु अवलोकनपछि प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए ।

आचरण र व्यवहारमा सुधार ल्याई भाईचारा तथा सहयोगी भावनाको साथ आफ्नो कर्तव्य निर्वाह गर्न उनको निर्देशन छ । संगठनको हित र उद्देश्यलाई सर्वोपरी ठानी नागरिकमैत्री प्रहरी सेवा प्रदानुपर्नेमा उनको जोड छ ।

ताप्लेजुङका विभिन्न इकाईमा कार्यरत उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully