मोटरसाइकल दुर्घटनामा झापामा दुई जनाको मृत्यु

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

Two people died in a motorcycle accident in Jhapa

विराटनगर — झापामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान झापाको बिर्तामोड नगरपालिका-३ स्थित पूर्व-पश्चिम राजमार्गनजिकै सञ्जिवनी अस्पतालअगाडि  सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. ५ प. ५५६८ नं.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र१-०१-०१३ प ५१४० नं.को मोटरसाइकल एकापसमा ठक्कर खाएका थिए।दुर्घटनामा मे. ५ प. ५५६८ नं.का मोटरसाइकल चालक कनकाई नगरपालिका-५ का २६ वर्षीय सागर घिमिरे गम्भीर घाइते भई  उपचारार्थ  बी एन्ड सी अस्पताल बिर्तामोड पठाइए पनि चिकित्सकले  मृत घोषित गरेका थिए।

त्यस्तै, प्र१-०१-०१३ प ५१४० नं.का मोटरसाइकल चालक भद्रपुर १० का २९ वर्षीय सरोज बस्नेत पनि दुर्घटनामा घाइते भएका थिए। उनको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully