इटहरीको सेन्टर प्लाजामा लागेको आगलागी नियन्त्रण बाहिर, ११ जनाको सकुशल उद्धार

चैत्र १३, २०८१

अर्जुन सुवेदी

The fire at Center Plaza in Itahari is out of control, 11 people were rescued safely

सुनसरी — इटहरीको मुख्य चोकमा रहेको सेन्टरल प्लाजामा लागेको आगो पाँच घण्टा बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन। आगलागी भएको १० तले भवनमा फसेका ११ जनाको उद्धार गरिएको छ।

प्लाजाको विभिन्न तलामा फसेका ८ पुरुष र ३ महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

तीन जनाको उद्धार काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत गरिएको हो। प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेबाट आगलागी भएको थियो। आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनभन्दा बढी दमकल, नेपाली सेना र प्रहरीको टोली परिचालित रहेको छ।

आगलागी भएको भवनमा होटल, सिनेमा हल, बैंक, सुपरमार्केट, कपडाका पसल, मोबाइल तथा इलेक्ट्रोनिक्सका ठूला पसलहरू सञ्चालनमा रहेका छन्। आगलागीको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

अर्जुन

Link copied successfully