इटहरीको सेन्टर प्लाजामा आगलागी, नियन्त्रणको प्रयास जारी

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

Fire at Center Plaza in Itahari, control efforts continue

सुनसरी — इटहरीको मुख्य चोकमा रहे‍को सेन्टर प्लाजामा आगलागी भएको छ । १० तले प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेदेखि आगलागी भएको हो ।

उक्त तलामा क्युएफएक्स सिनेमा हल तथा एक होटल सञ्चालनमा रहेको छ । आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानियतहबाट गएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।

आगलागीको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully