भोजपुरमा तीन महिनापछि उडान सुरु

चैत्र १२, २०८१

रासस

Flight started in Bhojpur after three months

टक्सार (भोजपुर) — बन्द भएको तीन महिनापछि भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ ।

गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिए । भोजपुरमा अब नयाँ तालिकाअनुसार उडान हुने उनले बताए ।

२०३५ सालदेखि उडान सुरु भएको यहाँ निगमको विमानले मात्र सेवा दिँदै आइरहेको छ । पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य विमानले उडान भर्दैनन् । उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौं रेफर गरिएका बिरामी र यात्रु मारमा परेका थिए ।

निगमका दुई साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ ।

रासस

Link copied successfully