झापामा मोटरसाइकल दुर्घटनामा घाइते भएकाको मृत्यु

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Death of injured in motorcycle accident in Jhapa

विराटनगर — झापाको बाह्रदशी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ ।

गत चैत्र २ गते राति १२:४५ बजे बाह्रदशी गाउँपालिका वडा नं. ६ नारायण चोक नजिकैको उत्तर-दक्षिण भित्री सडकखण्डमा चारपानेबाट बिहिबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते ३५ वर्षीय विकास भट्टराईको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

कान्तिपुर

Link copied successfully