ताप्लेजुङका पाथीभरासहित उच्च क्षेत्रमा हिमपात

चैत्र ९, २०८१

आनन्द गौतम

Snowfall in higher areas including Pathibhara of Taplejung

ताप्लेजुङ — ताप्लेजुङमा हिमपात भएको छ। यहाँको पाथीभरा, फक्ताङलुङ गाउँपालिका-७ ओलाङ्चुङगोला, घुन्सा लगायतको क्षेत्रमा हिउँ परेको हो। बेमौसमी हिमपात भएको स्थानीयले बताएका छन् ।

हिमपातका कारण पाथीभरा दर्शनका लागि पुगेका तिर्थयात्री केही प्रभावित भएका छन् । मौषम धुम्मिएकोले दिउँसोसम्म हिमपातको सम्भावना रहेको स्थानीय बताउँछन् ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार लाइनमा छिटो राखेर मन्दिरमा पूजा गराउने काम भएको छ । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully