बार्दलीबाट लडेर बालिकाको मृत्यु

चैत्र ९, २०८१

डम्बरसिं राई

Girl died after falling from bardli

खोटाङ — बार्दलीबाट लडेर एक बालिकाको शुक्रबार राति मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क घर भई दिक्तेल रत्नपार्कमा डेरा गरी बस्ने अशोक पोखरेलकी २१ महिनाकी छोरी अनुपोया मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार शुक्रबार करिब ८ बजेतिर बार्दलीबाट खसेको बालिकाको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि काठमाडौं लैजाने क्रममा जयराम पुग्दा मृत्यु भएको हो । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully