राष्ट्रपति र प्रधानमन्त्रीसहित ६ जना विशिष्टलाई बाँसका कुर्सी र टेबल उपहार!

चैत्र ९, २०८१

डम्बरसिं राई

Gift of bamboo chairs and tables to 6 special people including the President and Prime Minister!

खोटाङ — राष्ट्रपतिसहित विभिन्न ६ जना विशिष्ट व्यक्तिलाई बाँसबाट निर्मित सामग्री उपहार दिने तयारी गरिएको छ ।

स्थानीय श्रोत साधन उपयोग गरी निर्मित सामग्रीको उपयोग गर्न नीतिगत रूपमा निर्णय गरी त्यसलाई कार्यान्वनयन गर्न माग गर्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपतिसहित विभिन्न ६ विशिष्ट व्यक्तिलाई उपहार दिने तयारी गरेको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा वली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई एउटा कुर्सी र टेबल उपहार दिने तयारी गरिएको हो । 

Gift of bamboo chairs and tables to 6 special people including the President and Prime Minister!

यसमध्ये कुर्सी शनिबार काठमाडौं पठाइएको छ । टेबल भने केही दिनमा पठाइने भट्टराईको भनाइ छ । ‘स्थानीय स्रोत साधन उपयोग गरेर बनाइएका सामग्री उपयोग गर्न दबाब सिर्जना गर्न बाँसबाट निर्मित कुर्सी र टेबल दिने तयारी गरिएको हो’, भट्टराईले भने ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully