आरनको आगोले घर जल्यो

चैत्र ८, २०८१

आनन्द गौतम

Aaron's fire burned the house

ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारी चोकपुरमा आरनको आगोले घर जलाएको छ । तीन वर्षदेखि अमर सेन्दाङको घरमा बस्दै आएका वीरबहादुर कालिकोटेको आरनबाट आगो सल्किएको फूलबारी प्रहरी चौकीले जनाएको छ।

घरमा कोही नभएको अवस्थामा आरनको चुलोबाट आगो सल्किएको र घर पूर्ण रूपमा जलाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

शुक्रबार दिउँसो ११ बजेतिर भएको आगलागीको क्षति संकलनको काम भइरहेको रावलले बताए । आगलागी देख्नासाथ भेला भएका स्थानीय र प्रहरी समेतले आगो अन्यत्र फैलन नदिएको जनाइएको छ। अन्यत्र फैलिएको भएनजिकै रहेक घरसमेत जोखिममा रहेका थिए । हिउँदयाम सुरु भएसँगै आगलागीका शृङ्खला सुरु भएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully