खोटाङ — हलेसी तुवाचुङ नगरपालिकामा डढेलोबाट तीन घर जलेर नष्ट भएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनमा बिहीबार लागेको डढेलो गाउँ पस्दा चुमाखुका घनश्याम राई, दाप्सामाका पूर्णबहादुर राई र जगबहार राई तथा दिलकुममारी राईको मतान जलेर नष्ट भएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार डढेलोले चारैतिरबाट बस्ती घेरेकाले जोखिम बढेको छ । ‘डढेलोले गाउँ घेरेको छ, आगो नियन्त्रणबाहिर छ,’ गिरीले भने, ‘सुरक्षाकर्मी, जनप्रतिनिधि, नगरप्रहरी र स्थानीयको प्रयासले आगो नियन्त्रणको प्रयास गरिरहेका छौ, तर सकिरहेका छैनौं ।’
