ताप्लेजुङ — गत फागुन १० गते राति राँके जुलुस निकाल्ने क्रममा भएको झडपपछि पक्राउ परेका ‘नो केबलकार’ समूहका १८ जनाको बयान आज पनि हुने छ ।
जिल्ला अदालतमा अस्तिदेखि सुरु भएको बयान आज सकिने बताइएको छ । बयानपछि आज थुनछेक बहस हुनेछ ।
सम्भवत: आज कारागार चलान गर्ने, धरौटी या तारेखमा छोड्ने भन्ने विषयमा आदेश आउन सक्ने बताइएको छ ।
