ताप्लेजुङ — आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को दुई केन्द्रको जिम्मेवारी महिला केन्द्राध्यक्षले लिएका छन् ।
जिल्लाका १७ परीक्षा केन्द्रमध्ये थेचम्बु माध्यमिक विद्यालयमा मनसुन लावती र सरस्वती माध्यमिक विद्यालय हाङपाङमा प्रमिला भण्डारीले सम्हालेका छन् ।
बाँकी १५ केन्द्राध्यक्षमा पुरुष छन् । बासुसं मावि मेदिबुङ युवराज बस्नेत, भानुजन मावि किशोरकुमार राई, सिंवा मावि लिङ्खिम ओमनाथ गौतम, युवावर्ष मावि कैंजले चन्द्रमणि पौडेल, सिद्धकाली मावि दोखु अमरकुमार राई, जनता मावि हाङदेवा रामबहादुर गुरुङ र मोति मावि खोक्लिङमा केबुहाङ लिम्बू रहेका छन् ।
त्रिभुवन मावि थुकिम्मा कमल चेम्जोङ, सिनाम मावि तुलसीराम पोखरेल, तेल्लोक मावि रुकमान थेवे, गणेश मावि खेवाङ रामकुमार लिम्बू, भञ्ज्याङ मावि लिम्बुदिन राजेन्द्र इदिङ्गो लिम्बू, मैवाखोला मावि तेम्बे भक्तबहादुर लिम्बू, दुर्गा मावि फुलबारी कुलप्रसाद भट्टराई र सरस्वती मावि तापेथोकमा चन्द्रमणि लिम्बू रहेका छन् ।
यस वर्ष २ हजार २ सय ७२ ले परीक्षाालागि फर्म भरेका छन् । नियमित तर्फ १ हजार ४ सय १५ र नियमित ग्रेड बृद्धिमा ७ सय १० जना छन् । प्राविधिक धारतर्फ १ सय २२ नियमित र २५ ग्रेडवृद्धितर्फका विद्यार्थीले परिक्षा फाराम भरेका छन् । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख युगमणि सवेहाङले विद्यालर्थीलाई सहज रुपमा परीक्षा दिन अपिल गरेका छन् ।
