मोरङमा आगलागी : १ बालिकाको मृत्यु, १६ घर जलेर नष्ट

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Fire in Morang: 1 girl died, 16 houses were destroyed

विराटनगर — मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा मंगलबार आगलागी हुँदा एक बालिकाको  जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृत्यु हुने बालिका ४ वर्षीया सुष्मा खातुन हुन् । आगलागीबाट १६ वटा घर जलेर नष्ट भएका छन् । 

स्थानीयबासी, दमकल र प्रहरीको अथक प्रयासपछि आगो नियन्त्रण भइसकेको छ ।  प्रहरीका अनुसार फुसका घर  र परालका माच भएका कारण आगो अत्यधिक फैलिएको थियो । घटनास्थलमा राहत कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

कान्तिपुर

Link copied successfully