घरको पर्खालबाट लडेर मृत्यु

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Death by falling from the wall of the house

झापा — घरको पर्खालबाट लडेर झापामा मंगलबार एक व्यक्तिको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका-४ निवासी रनबहादुर बस्नेत आफ्नै नवनिर्मित घरको दोस्रो तलाको पर्खालमा चढी पानी लगाउने क्रममा लडेका थिए । 

गम्भीर घाइते उनलाई उपचारका लागि तत्काल बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो ।  चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully