'नो केबलकार समूह' र सरकारी प्रतिनिधिबीच काठमाडौंमा वार्ता

चैत्र ४, २०८१

आनन्द गौतम

Talks between 'No Cable Car Group' and government representatives in Kathmandu

ताप्लेजुङ — ‘नो केबलकार समूह’ र सरकारी वार्ता टोलिबीच सोमबार बिहान काठमाडौंमा वार्ता हुने भएको छ ।

वार्ता हिजोका लागि तय भएको थियो । तर आन्तरिक सहमतिपछि आज बिहान १० बजेदेखि गर्ने गरी आजलाई सारिएको हो । 'नो केबलकार समूह'ले सरु सिंघकको नेतृत्वमा कुमार लिम्बू, आलोक माबोहाङ सहित १० जना वार्तामा जाने बताएको छ ।

सरकारी टोलीको नेतृत्व गृह मन्त्रालयमा सहसचिव प्रेमप्रसाद भट्टराईले गर्नेछन् । आजको वार्तामा आफूहरुको पहिलो प्रस्ताव केबलकार निर्माण अनुमति रद्द नै हुने आलोकले बताए । ‘पहिलो प्रस्ताव अनुमति रद्द हो, त्यसपछि मन्त्रिस्तरीय वार्ता समिति हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘बन्दी रिहाइ, निर्माण स्थगित भनेकाचाहिँ त्यसपछिका विषय हुन् ।’ 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully