आगलागीले एक घर जलेर नष्ट

फाल्गुन २८, २०८१

आनन्द गौतम

A house was destroyed by fire

ताप्लेजुङ — सिदिङ्वा गाउँपालिका-६ मेहेलेका हर्क तामाङको घर जलेर नष्ट भएको छ । ढुङ्गा, माटो र जस्तापाताको छानो भएको तीन तले घर मंगलबार बेलुका जलेको हो। 

आगलागीबाट ६ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सुचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । खोले पकाउने क्रममा भान्सा घरबाट उम्किएको आगो घरमा सल्किएको थियो । घर जलेपछि ६ जनाको परिवार अहिले छिमेकीको शरणमा पुगेका छन्।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully