दुर्गमका दुई सय विद्यार्थीलाई १० लाख रुपैयाँका शैक्षिक सामाग्री

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Educational materials worth Rs 10 lakh to two hundred students from remote areas

ताप्लेजुङ — दुर्गमका छ विद्यालयका दुई सय विद्यार्थीलाई १० लाख मूल्य बराबरका शैक्षिक सामग्री वितरण गरिएको छ। दौतरी फ्रेन्च फर फ्यूचर नामक संस्थाले ट्रयाक सुट, जुत्ता, झोला, कापी, पेन्सिल, मसी भर्ने कलम, जमेट्री बक्स लगायतका सामग्री उपलब्ध गराएको हो ।

ताप्लेजुङ विकास मञ्चले जिल्लामा यसको समन्वय गरेको छ। यसरी सामग्री पाउने विद्यालयमा सुर्यदेवी आधारभुत सान्थाक्रा मेरिङ्दन, तुलसी आधारभुत विद्यालय खेजेनिम फक्ताङलुङ, महेन्द्र आधारभुत मावि खेवाङ्ग, भगवती मावि अम्बेगुदिन र भगवती आधारभुत विद्यालय सिरिजङ्गा तथा सिद्धेश्वरी मावि डुम्रिसे पाथीभरा याङवरक रहेका छन् ।

उक्त संस्थाले ताप्लेजुङमा २०७६ सालदेखि विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएको छ । केन्द्रीय अध्यक्ष सम्पन्न स्थापितका अनुसार बाजुरा, डोल्पा, सल्यान लगायतका जिल्लामा पनि वितरण हुँदै आएको छ । ती जिल्लामा जनही एक हजारका दरले सहयोग प्रदान गरिएको उनले बताए ।

विद्यार्थी छान्ने र उपलब्ध गराउने अधिकार विद्यालयलाई दिइएको विकाश मञ्चका अध्यक्ष सन्तोष प्रसाईले बताए । ताप्लेजुङमा भने भुगोल क्षेत्र र त्यहाँको वस्तुस्थिति हेरेर विद्यालय छनौट गरिएको बताए । 

कान्तिपुर

Link copied successfully