भीरबाट लडेर वृद्धको मृत्यु

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

An old man died after falling from a cliff

संखुवासभा — खाँदबारी नगरपालिका-१० मगरटोलका ७३ वर्षीय वृद्ध जंगबहादुर मगरको भीरबाट लडेर मृत्यु भएको छ ।

गोठालो गएका मगरको सोमबार दिउँसो करिब २ सय मिटर अग्लो अरुणथानको भीरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । मगर बाख्रा चराउन जंगल गएका थिए । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully