सरकारले मुलुकभरका नागरिकलाई स्वच्छ पानी पुर्‍याउनेछ : मन्त्री यादव

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

The government will provide clean water to citizens across the country: Minister Yadav

मोरङ (पथरी) — खानेपानी मन्त्री प्रदीप यादवले ‘एक घर, एक धारा’ अभियानमार्फत सरकारले मुलुकभरिका नागरिकसम्म स्वच्छ पानी पुर्‍याउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको बताएका छन् ।

मोरङको पथरीशनिश्वरे नगरपालिकास्थित पथरी खानेपानी आयोजनाको आज शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले सरकारले मुलुकभरका नागरिकलाई प्रत्यक्ष रूपमा सुरक्षित पानी आपूर्ति गर्ने बताए।

नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन, तथा पूर्वाधार विस्तारमा निरन्तर अग्रसर रहेको मन्त्री यादवको भनाइ थियो ।

‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिँदै देशभर खानेपानीको सहज पहुँच विस्तार गर्ने, संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा खानेपानी तथा ढल व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, जलस्रोत संरक्षण तथा प्रविधियुक्त व्यवस्थापन गर्दै दिगो खानेपानी सेवा प्रवाह गर्ने नेपाल सरकारको दृढ प्रतिबद्धता रहेको समेत मन्त्री यादवले बताए ।

कान्तिपुर

Link copied successfully