विराटनगर — एमाले मोरङमा अध्यक्ष केपी शर्मा ओलीइतर समूहको प्यानलै विजयी भएको छ । ओलीइतर समूहको अगुवाई विनोद ढकालले गरेका थिए ।
शुक्रबार साँझ सार्वजनिक मतपरिणामअनुसार ढकालले अगाडि सारेका अध्यक्षका उम्मेदवार अजम्बर राईले ४४६ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी संस्थापन पक्षका राजकुमार ओझाले ४ सय ७ मत मात्रै ल्याए ।
यस्तै उपाध्यक्षमा ढकाल पक्षका सागर थापाले ४ सय २२ मत ल्याउँदा संस्थापनकी शान्तिकुमारी लिम्बूले ३ सय ९१ मत पाइन् । सचिवमा ढकाल पक्षका सोमराज थापाले ४ सय ६२ मत ल्याउँदा संस्थापनका रविन थापाले ३ सय ६८ मत पाए ।
त्यस्तै उपसचिवमा ढकाल पक्षका सन्तोष बान्तवाले ४ सय ९० र उषा झाले ४ सय १८ मत ल्याउँदा संस्थापन पक्षका इर्जालाल राजवंशीले ३ सय ११ र शिल्पा कार्कीले ४ सय ५ मत पाए ।
दसौं अधिवेशनअन्तर्गतको निर्वाचनमा कुल ८ सय ८८ मत खसेको थियो ।
