सञ्चारिका समूह धनकुटाको नेतृत्वमा राई चयन

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Rai selection led by media group Dhankuta

काठमाडौँ — सञ्चारिका समूह धनकुटाको पहिलो अधिवेशनले शर्मिला राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार सम्पन्न अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

उपाध्यक्षमा निर्मला कुँवर, सचिवमा कोकिला भण्डारी र चाँदनी राई, सहसचिव बालकुमारी थापा तथा कोषध्यक्षमा षष्टिका राई चुनिएका छन् ।

यसैगरी, सदस्यमा तुलसा पौडेल, सिर्जना खुलाल, पञ्चमाया तामाङ, उपासी ताजपुरिया, विन कार्की, धनकुमारी राई, मौसमी लिम्बू रहेका छन् ।

अधिवेशन उद्घाटनमा संविधानसभा सदस्य लीला सुब्बा, अग्रज पत्रकार सञ्जयसन्तोषी राई, नेपाल पत्रकार महासंघ शाखा अध्यक्ष विदुर खवास, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा, पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य सरिता बराइली र गोपाल बराइली, प्रेस चौतारीका अध्यक्ष नारायणकुमार राई, प्रेस युनियन अध्यक्ष विनोद घिमिरेले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कान्तिपुर

Link copied successfully