संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

फाल्गुन १९, २०८१

दीपेन्द्र शाक्य

One person died in a motorcycle accident in Sankhuwasabha

संखुवासभा — खाँदबारी नगरपालिका-९ सालघारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ। आइतबार राति १० बजे भएको दुर्घटनामा एकम अधिकारीको मृत्यू भएको प्रहरीले जनाएको छ।

खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको प्र १-०२-०५३ प ८१४७ नम्बरको  मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पछाडि बसेका अधिकारीको मृत्यु भएको हो।

प्यूठान सोमद्धार नगरपालिका-१ घर भएका अधिकारी संखुवासभाको धर्मदेवी-६ पिलुवाखोला हाईड्रोपावरमा काम गर्दै आएका थिए । घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको डीएसपी दक्षकुमार बस्नेतले बताए।

दीपेन्द्र

Link copied successfully