ताप्लेजुङ — जिल्लामा झण्डै छ महिनापछि वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय ताप्लेजुङका अनुसार सदरमुकाम फुङलिङमा ८ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।
शनिबार बिहान ८:३० बजे २४ घण्टा यता रेकर्ड गरिएको तथ्यांक हो । फक्ताङलुङ गाउँपालिका ६ घुन्सा ७ ओलाङचुङगोला सहित पाथीभरा क्षेत्रमासमेत बाक्लो हिउँ परेको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार ३१ सय मिटर माथिको माथिल्लो फेदिदेखि ३८ सय मिटर उचाईको पाथीभरा मन्दिरसम्म बाक्लो हिउँ जमेको छ ।
![Snowfall in Olangchungola and Pathibhara areas of Taplejung [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/hiu-gola2-2222025055539-1000x0.jpg&w=1001&h=0)