फुङलिङमा 'नो केबलकार समूह' र प्रहरीबीच फेरि झडप 

फाल्गुन १०, २०८१

आनन्द गौतम

Clash again between 'No Cable Car Group' and police in Fungling

ताप्लेजुङ — ‘नो केबलकार समूह’ र प्रहरीबीच ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार साँझ झडप भएको छ । काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए । 

त्यही क्रममा वीरेन्द्रचोकमा झडप भएको हो । झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भएका छन् । 

प्रदर्शनमा मधेश प्रदेशबाट आएकाहरुसमेत सहभागी छन् । 

काफ्लेपाटीबाट फर्किएका आन्दोलनकारीको प्रदर्शनपछि कोणसभालाई विभिन्न नेताले सम्बोधन गरेका थिए । उनीहरुले केबलकार कुनै हालतमा बन्न नदिने दोहोर्‍याएका छन् ।  

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully