'नो केबलकार समूह'लाई फेरि वार्ताका लागि आह्वान

फाल्गुन ९, २०८१

आनन्द गौतम

'No Cable Car Group' called for talks again

ताप्लेजुङ — पाथीभरा मुक्कुम्लुङ केबलकार खारेजीको माग गर्दै आन्दोलनरत समूहलाई सरकारद्वारा गठित वार्ता समूहले फेरि आह्वान गरेको छ । 

सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्या समाधाका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्तामा आउन अपिल गरेका हुन् । भट्टराई संयोजकत्वको वार्ता समितिले आफूहरुको माग सम्बोधन गर्न नसक्ने भन्दै नो केवलकार समूहले मन्त्रीस्तरीय वार्ता समितिको माग गर्दै आएको छ । 

आन्दोलनरत समूहले शुक्रबार पनि काफ्लेपाटीमा नाराजुलुससहित कोण सभा गरेको छ ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully