हत्या अभियोगमा युवक पक्राउ

फाल्गुन ६, २०८१

आनन्द गौतम

Young man arrested for murder

ताप्लेजुङ — छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । फक्ताङलुङ गाउँपालिका-४ इखावुका सुवास लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले बताए । 

खुपातालमा रहेको छत्रबहादुर लिम्बूको सुद्धाइँ कार्यमा ५६ वर्षीय बृखबहादुर लिम्बूलाई मुक्काले प्रहार गरेको र संवेदनशील अंगमा लागी घाइते भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । त्यही पीडाले उनको मृत्यु भएको सूचनाका आधारमा पक्राउ गरी कारबाही प्रक्रिया बढाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । उनका अनुसार शवको पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ भने जिल्ला अदालतबाट म्याद थपी सुवासमाथि अनुसन्धान थालिएको छ । 

उनलाई फौजदारी कार्यविधिअनुसार ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully