खोटाङ — हलेसी बजारमा आगलागी भएको छ । आइतबार साँझ ७ बजेतिर स्थानीय पदमशेर राईको ग्यास पसलबाट सुरु भएको आगोले राई र ऐराख राईको घर जलेर नष्ट भएको हो ।
आगो निभाउने प्रयास भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता तथा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताएका छन् ।
‘भर्खरै सुरु भएको आगलागीबाट पदमशेर र ऐराख राईको घर जलेर नष्ट भएको छ,’ गिरीले भने, ‘आगो नियन्त्रणको प्रयास भइरहेको छ ।’
