टिपरको ठक्करबाट क्रसरका श्रमिकको मृत्यु

फाल्गुन ४, २०८१

कान्तिपुर संवाददाता

Crusher worker dies due to tipper collision

विराटनगर — झापाको अर्जुनधारा नगरपालिका-७ मा टिपरको ठक्करबाट आइतबार साँझ एक युवकको मृत्यु भएको छ । स्थानीय मधुगिता क्रसर उद्योगमा कार्यरत श्रमिक हल्दिबारी गाउँपालिका-२ का २४ वर्षीय मोहन किस्कुको को १ ख ७०१४ नम्बरको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

टिपरले मिक्स गिटी अनलोड गरी अगाडि बढ्ने क्रममा किस्कुलाई ठक्कर दिएको थियो । टिपर र चालक मोरङको उर्लाबारी नगरपालिका-२ का ४१ वर्षीय गुमानध्वज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully