खोटाङ — खोटेहाङ गाउँपालिकाले 'जनयुद्ध' दिवसमा सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले सूचना जारी गरी बिहीबार एक दिनका लागि मातहतका निकायमा बिदा हुने जानकारी गराएको हो । सूचना अनुसार विद्यालयहरू, स्वास्थ्य संस्थाहरू र मातहतका सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा गर्ने उल्लेख छ ।