लोड भएको भरुवा बन्दुकसहित एक जना पक्राउ

माघ २८, २०८१

दीपेन्द्र शाक्य

One arrested with a loaded loaded gun

संखुवासभा — मकालु गाउँपालिका वडा ५ खोत्ताकका हेमराज विश्वकर्मा लोड गरिएको भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतका अनुसार अवैध रुपमा हातहतियार बनाउने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हेदाङनाले आइतबार उनलाई पक्राउ गरेको हो ।

कोठामा खानतलासी गर्दा लोड भएको भरुवा बन्दुक १ थान, भरुवा बन्दुकको नाल २ थान, सोडाजस्तो देखिने सेतो ठोस पदार्थ-२ किलोग्राम,भरुवा बन्दुकमा लाग्ने घोडी जस्तो देखिने फलामको टुक्रा ४ थान बरामद गरिएको उनले बताए ।

घोडीको साइडमा लाग्ने फलामको टुक्रा थान-१, भरुवा बन्दुकमा प्रयोग हुने छर्रा जस्तो देखिने सिसाको टुक्रा २५ थान, भरुवा बन्दुकमा प्रयोग हुने व्यारिङ जस्तो देखिने पदार्थ ११७ वटा, भरुवा बन्दुकमा प्रयोग हुने केप जस्तो देखिने पदार्थ  १  बट्टा र बारुद जस्तो देखिने कालो पदार्थ  १०० ग्राम, सुवाग जस्तो देखिने सेतो पदार्थ २००  ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

दीपेन्द्र शाक्य

Link copied successfully