झापामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

माघ २४, २०८१

कान्तिपुर संवाददाता

One person died in a motorcycle accident in Jhapa

विराटनगर — झापाको कनकाई नगरपालिका-१ बिमल चौतारा क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा बिहीबार एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब साढे १२ बजे दुर्गापुरबाट खुदुनाबारीतर्फ गइरहेको मे.१० प २६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड-५ का २८ वर्षीय सिद्धार्थ साह  र पछाडि सवार २४ वर्षीय सुमित साह गम्भीर घाइते भएका थिए ।

दुर्घटनापछि दुवै जनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो । उपचारको क्रममा सुमित साहको बिहीबार बिहान ७ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully