संखुवासभा — चैनपुर नगरपालिक- २ घुमाउने चौतारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश१-०२-०४९- प ३३३८ नम्बरको मोटरसाइकलमा चैनपुर नगरपालिका-२ मयमबाट तिखीढुङ्गा जाने क्रममा पोखरी नजिकै घुमाउने चौतारामा बुधबार राति दुर्घटना हुँदा रुपेश मगरको मृत्यु भएको हो ।
उनको बीपी मेमोरियल धरान उपचार गर्न लैजाने क्रममा बिहीबार बिहान बाटैमा मृत्यु भएको आफन्तले बताए । मोटरसाइकलमा सवार अर्को गम्भीर घाइते कुमार मगरको धरानमा उपचार भइरहेको स्थानीय विनायक सिम्खडाले बताए ।
