ताप्लेजुङ — अवैध भरुवा बन्दुकसहित पक्राउ परेका पाथीभरा याङवरक गाउँपालिका-१ नाङखोल्याङका बृखराज राईको अनुसन्धान सुरु भएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावल नेतृत्वको टोलीले घरैबाट पक्राउ गरेका ४० वर्षीय राईको जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।
राईले घरभित्रै लुकाईछिपाई राखेको अवस्थामा सोमबार पक्राउ गरेको बस्नेतले जानकारी दिए । राईलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।
