संखुवासभा — हिमाली जिल्ला संखुवासभामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप माघ २७ देखि सुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयले मंगलबार सरोकारवालालाई भेला गराएर भोटखोला गाउँपालिकाभित्रका अधिकांश विद्यालय जाडोका कारण बन्द भएकाले खोप अभियान २७ माघ देखि सञ्चालन गरिने जानकारी गराएको हो । विकट र भौगोलिक अवश्याले केही दिन खोप अभियान सार्नु परेको स्वास्थ्य प्रमुख नारदमुनि सुवेदीले बताए ।
१० वटै स्थानीय तहमा एकै साथ सुरु हुनेछ। भ्याक्सीन वाहेक सम्पूर्ण सामाग्री स्थानीय तहमा पठाइ सकिएको छ । देशभर खोप अभियान मंगलवारबाट सुरु भएको छ ।
संखुवासभामा कक्षा ६ देखि १० सम्मका ७ हजार छ सय ६२ विद्यार्थी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका १ हजार ३ सय ७३ किशोरी छन्। संखुवासभामा १४४ विद्यालयका २७६ खोपकेन्द्रमा भोटखोला १ २ र ३ वडामा फागुन १८ देखि २० सम्म सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत रोषण श्रेष्ठले बताए ।
