खाँदबारीमा विदुषी योगमाया हिमालयन विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना

माघ २१, २०८१

दीपेन्द्र शाक्य

Establishment of central office of Vidushi Yogamaya Himalayan University at Khandbari

संखुवासभा — संखुवासभाको खाँदबारीमा विदुषी योगमाया हिमालयन विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना गरिएको छ । अरुण उपत्यकाभित्रका १९ वटा स्थानीय तहका प्रमुख र प्रतिनिधि भेला भएर सोमबार जिल्ला समन्वय समितिको भवनमा केन्द्रीय कार्यालय उद्घाटन गरिएको हो ।

विश्वविद्यालयका अध्यक्ष अर्जुन कार्कीले कार्यालयको उद्घाटन गरेका हुन् । अध्यक्ष कार्कीले विश्वविद्यालयको स्थापनाका लागि भइरहेको प्रयास,पहलप्रयत्न र हालसम्मको प्रगतिका बारेमा जानकारी गराएका थिए । कार्यालय स्थापनासँगै विश्वविद्यालयका काम अघि बढेको उनले बताए । विश्वविद्यालयका लागि खाँदबारी नगरपालिका–९ को ढुंगेबिसौनामा ५ सय रोपनी जग्गासमेत अधिग्रहण गरिसकिएको छ । 

दीपेन्द्र

Link copied successfully