विराटनगर — पाथीभरामा केबलकार निर्माणको विरोधको क्रममा दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले अरुणपूर्वका ९ जिल्लामा आइतबार र सोमबार गरी दुई दिने बन्दको आह्वान गरेको छ ।
प्रत्यक्षदर्शीका अनुसार झडपका क्रममा प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको छ । तर, झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले
बन्दकर्ताबाट प्रहरीमाथि ढुंगामुडा प्रहार भएपछि एक सेल अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिन खोजिएको दाबी गरेका छन् । उनका अनुसार उग्र प्रदर्शन गरिरहेका चार जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ ।
पहिचान पक्षधरहरुले मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माण गर्न नहुने भन्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।
