ताप्लेजुङ — घरायसी विवादका कारण भाउजूलाई कुटपिट गरेको आरोपमा देवर पक्राउ परेका छन् । भाउजूलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शर्माका अनुसार भाउजूलाई कुटपिट गरेको आरोपमा फक्ताङलुङ गाउँपालिका-२ खेजेनिमका ५७ वर्षीय बिष्णुकुमार लिम्बूलाई नियन्त्रणमा लिइएको हो ।
उनले ५६ वर्षीया भाउजू सुकमाया लिम्बूलाई काठको आग्लोले प्रहार गरेको र अनुहार सहित शरीरका विभिन्न भागमा निलडाम रहेको निरिक्षक शर्माले जानकारी दिए ।
आवश्यक अनुसन्धानका लागि कानुन बमोजिमको म्याद थप गरी प्रक्रिया बढाइएको प्रहरी नायव उपरीक्षक रबी रावलले जानकारी दिए ।
