बालिकाको शव घरनजिकै करेसाबारीमा गाडेको अवस्थामा

माघ १९, २०८१

कान्तिपुर संवाददाता

The body of the girl was buried in Karesabari near the house

विराटनगर — विराटनगर महानगरपालिका –५ मा एक बालिकाको शव घरनजिकै करेसाबारीमा गाडेको अवस्थामा फेला परेको छ।भारतको बिहारबाट मामाघर आएकी १४ वर्षीया चाँदनी यादवको शव हत्यापछि खाल्डो खनेर गाडिएको अवस्थामा शुक्रबार दिउँसो फेला परेको हो ।

मोरङ प्रहरीका अनुसार बालिकाको हत्यापछि शव गाडिएको पाइएको छ । हत्या आरोपमा मावली हजुरबुवा ५७ वर्षीय सर्जुग मण्डललाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।

घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको जनाएको छ । 

कान्तिपुर

Link copied successfully