सुमो दुर्घटनामा तीन जनाको मृत्यु

माघ १७, २०८१

डम्बरसिं राई

Three people died in a sumo accident

खोटाङ — ओखलढुंगामा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । खोटाङबाट काठमाडौँ जाँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिका–७ भडारेखोलामा बुधबार राति दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार आगोले घाइते भएकी केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया मायादेवी गुरुङलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा उनीसहित उनका छोरा २८ वर्षीय पूजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाकी ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो ।

सुमो चालक सुनसरी इनरुवा नगरपालिका–२ का २२ वर्षीय अनिल पण्डित फरार रहेको प्रहरीले जनाएको छ । ‘बिरामीलाई लिएर काठमाडौँ लैजाने क्रममा राति दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो, तर कति बजे भन्ने चाहिँ खुलिसकेको छैन,' विष्टले भने, ‘उनीहरूको शव पोस्टमार्टमका लागि जिल्ला ल्याइँदै छ ।'

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully