कोशी प्रदेशसभा बैठक बस्दै

माघ ७, २०८१

कान्तिपुर संवाददाता

Koshi State Assembly sitting

विराटनगर — कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपराह्न २ बजे बस्ने भएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गरेका हुन् ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको कोशी प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully