विराटनगर — झापा मेचीनगर नगरपालिका-१२ माइलाबारी टोलमा रहेको एक होटलमा आगलागी हुँदा करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
शुक्रबार राति करिब १ बजे दामोदर दाहालको दुई तले घरको तल्लो तलामा सञ्चालित होटल लिटल सेफ फास्ट फुड क्याफेमा आगलागी भएको हो । प्रहरीका अनुसार इन्भर्रटरको तार सर्ट भई आगलागी हो ।
आगलागीबाट फ्रिज, र्याक, विभिन्न ब्रान्डका मदिराजन्य पदार्थ, गल्लामा रहेको २५ हजार रुपैयाँ नगद, इन्भर्टर र दुई वटा ब्याट्री जलेर नष्ट भएको होटेल सञ्चालक प्रदीप लिम्बूलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । क्याफे पनि आंशिक रूपमा जलेको छ ।
