विराटनगर — कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले सार्वजनिक सरोकारका विषयमा निरन्तर खबरदारी र निगरानी गर्नु पत्रकारिता क्षेत्रको धर्म भएको बताएका छन् ।
संसदीय पत्रकार मञ्च कोशी प्रदेशद्वारा प्रकाशित ‘संसदीय पत्रकारिता हाते किताब’ को विमोचनमा सभामुख विष्टले भने,‘पत्रकारितामा पक्षपात हुनु हुँदैन, कसैलाई काखा कसैलाई पाखा गरिनु हुँदैन ।’
पत्रकारिता राजनीतिक दलहरूको पुच्छर बन्न नहुने उनको भनाइ थियो । उनले भने,‘आफू निकट दलहरुको मात्रै समाचार लेख्ने अरुलाई प्राथमिकता नदिने गर्नु निष्पक्ष पत्रकारिताको चरित्र होइन ।’ कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, उपसभामुख सिर्जना दनुवार, पत्रकार विवेक गौतमलगायतले मन्तव्य राखेका थिए ।
