संखुवासभा — संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रबिसे बजारमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ ।
आगलागीबाट रामबहादुर राई, अमृता राई, लान्सीह राईको एकएक वटा र सुरेश तामाङको २ वटा घर जलेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।
उनका अनुसार बुधबार दिउँसो २ बजेदेखि राम राईको घरबाट आगलागी सुरु भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ ।
आगलागीबाट कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।
