दुईतले घर जलेर नष्ट

माघ २, २०८१

डम्बरसिं राई

A two-storied house was destroyed by fire

खोटाङ — बाराहापोखरी गाउँपालिका–५ मौवाबोटेका पदमबहादुर राईको घर जलेर नष्ट भएको छ । बुधबार दिउँसो आगलागी हुँदा राईको ढुङ्गा–माटोले बनेको दुईतले घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार आगलागीमा घर, नगद १५ हजार, सुन ६ आना, अन्नपात, लत्ताकपडा, भाँडावर्तनमा क्षति पुगेको छ । 

स्थानीयले एक घण्टा लगाएर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully