राष्ट्रपति शिल्डका लागि फुङलिङका स्कुल बन्द

पुस २९, २०८१

आनन्द गौतम

Schools in Fungling closed for President Shield

ताप्लेजुङ — राष्ट्रपति रनिङ शिल्ड नगरपालिकास्तरीय समापन कार्यक्रमका लागि फुङलिङ नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिएको छ । 

फुङलिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलद्वारा जारी सूचनामा सोमबार एक दिनका लागि बिदा दिएको उल्लेख छ ।

नगरपालिकास्तरीय प्रतियोगिता २७ गतेदेखि भानुजन माविमा सुरु भएको थियो । जिल्लास्तरीय प्रतियोगिताका लागि पालिकाहरूले खेलाडी छनौट गरिरहेका छन् । 

नगरपालिकामा सामुदायिक र धार्मिक गरी ५१ वटा विद्यालय छन् । यी विद्यालयमा ४ हजार छ सय विद्यार्थी अध्ययनरत रहेका छन् । नगरपालिकामा ५ माध्यमिकसहित १४ वटा संस्थागत विद्यालय छन् ।

तर संस्थागत विद्यालय भने अहिले तेस्रो त्रैमासिक परीक्षा सकेर बिदा गरिएको छ । संस्थागत विद्यालयमा पाँच हजारको हाराहारिमा विद्यार्थी रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनले जनाएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully