खोटाङ — दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय उद्घाटन गरिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त संग्रहालय उद्घाटन गरेका हुन् ।
गत असोज २३ देखि २५ गतेसम्म दिक्तेलमा भएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा विभिन्न मुलुकका चित्रकारले कोरेको चित्रलाई संग्रहालयमा राखिएको हो ।
उक्त कार्यशालामा विभिन्न ५३ देशका १ सय ३९ जना चित्रकारले कोरेका २ सय १३ वटा चित्र संग्रहालयमा राखिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।
